काठमाडौं - काभा वुमन्स नेसन्स लिग भलिबलको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा जित निकालेको हो । नेपालले माल्दिभ्सविरुद्ध २५–८,२५–१९ र २५–१८ को सहज जित निकालेको हो । नेपालले आज सिनियर खेलाडीहरू कप्तान अरुणा शाही,उषा भण्डारी र सरस्वतीलाई विश्राम दिएर दोस्रो रोजाईका खेलाडीलाई मैदान उतारेको थियो ।
नेपाल सेमिफाइनलमा पुगिसकेको र श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेकाले दुबैका लागि खेलको नतिजा प्रतिष्ठाको विषय मात्र थियो । आजै भएको पहिलो खेलमा भारतले पनि श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको छ । भारतले श्रीलंकालाई २५–१३ ,२५–२१ र २५–२० ले पराजित गरेको हो । जितसँगै भारत १० अंक सहित शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने भएको छ ।
प्रतिक्रिया