श्रीलङ्कालाई हराउँदै भारत 'काभा भलिबल' को फाइनलमा

मंगलबार, २२ साउन २०८१, १६ : ३९

काठमाडौं - श्रीलंकालाई ३-० को सेटमा पराजित गर्दै भारत काठमाडौं जारी काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न खेलमा भारतले श्रीलंकाविरुद्ध पहिलो सेट १५-२५, दोस्रो सेट १६-२५ र तेस्रो सेट २३-२५ ले आफ्नो पक्षमा पार्न सफल भयो। पहिलो दोस्रो सेटको तुलनामा श्रीलंका तेस्रो सेटमा निकै दबाब दिए पनि जित भने हासिल गर्न सकेन। यस्तै, भारतले उपाधिका लागि नेपाल र इरानबीचको विजेतासँग बुधबार फाइनल खेल्नेछ। नेपाल इरानबीचको आजै ५स्१५ बजेबाट सुरु हुनेछ।

मंगलबार, २२ साउन २०८१, १६ : ३९

प्रतिक्रिया