काठमाडौँ - काभा महिला नेसन्स लिगको दोस्रो सेमिफाइनलमा नेपालले इरानविरुद्ध लगातार दुई सेट जित्न सफल भएको छ ।
नेपालले पहिलो सेट २५-२१ तथा दोस्रो सेट २८- २६ ले जितेर २-० को अग्रता लिएको हो । अव नेपाल फाइनलमा पुग्न एक सेट मात्र जित्नु पर्नेछ। लिग चरणमा भने नेपाल इरानसँग ३(२ ले पराजित भएको थियो । फाइनल खेल बुधवार हुनेछ।यस अघि आजै भएको पहिलो सेमिफाइनलमा भारत श्रीलंकालाई हराउँदै फाइनलमा पुगको छ ।
प्रतिक्रिया