काभा भलिबल लिग : उपाधिका लागि नेपाल र भारत भिड्दै

बुधबार, २३ साउन २०८१, १० : ०४

काठमाडौँ-  काभा वुमन्स नेसन्स भलिबल लिग २०२४ को उपाधिका लागि बुधबार नेपाल र भारत भिड्दै छन्। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुने फाइनल खेल आज साँझ ५ बजेबाट सुरु हुनेछ। 

पहिलो सेमिफाइनलमा श्रीलंकलाई ३–० को सोझो सेटमा हराँउदै भारत फाइनलमा प्रवेश गरेको थियो। यस्तै दोस्रो सेमिफाइनलमा इरानलाई पनि ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले भारतसँगको भेट पक्का गरेको हो। 

लिग चरणको खेलमा भारलाई ३–२ को सेटमा पराजित गरेको नेपालले फाइनलमा पनि सोहिलय कायम गर्ने दाउमा छ। यता, भारत भने लिग चरणको पराजयलाई बदला लिने योजनामा हुनेछ। 

यस्तै आजै दिउँसो तेस्रो स्थानको लागि दिउँसो २ बजे इरान र श्रीलंका भिड्नेछन्। 

बुधबार, २३ साउन २०८१, १० : ०४

प्रतिक्रिया