काठमाडौँ महानगरले गर्‍यो महिला भलिबल खेलाडीलाई सम्मान

विहीबार, २४ साउन २०८१, १५ : ५८

काठमाडौँ - सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा नेपाल ३-२ को सेटमा पराजित भएको थियो । फाइनल हेर्न महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल पनि उपस्थित थिए ।

महानगरले टोलीका १४ खेलाडी र मुख्य प्रशिक्षक जगदिश भट्टलाई जनही एक लाख तथा सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलम बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

विहीबार, २४ साउन २०८१, १५ : ५८

प्रतिक्रिया