काठमाडौँ - नेपालको सबैभन्दा बढी लोकप्रिय बेभरेज ब्रान्ड कोका–कोलाले गर्मीको अवसर पारेर उपभोक्ताहरूको लागि फेरी अर्को विशेष अफर लिएर आएको छ ।
यो सीमित अवधिको ‘मेगा डिस्काउन्ट अफर’ अन्तर्गत २ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा उपभोक्ताले रु. १९९ को छुट पाउनेछन् । साथै २.२५ लिटरको प्याक भने मात्र रु.२५० मा खरिद गर्न सकिनेछ जसको खास मूल्य रु. २७० छ ।
२ र २.२५ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टा प्याक परिवार, साथीभाइ र अन्य जमघटमा उपभोग गर्न उपयुक्त हुन्छ । उपभोक्ताहरूले नजिकैको खुद्रा बिक्रेता र सुपरमार्केटमा कोक, स्प्राइट र फ्यान्टा खरिद गरी यस मेगा डिस्काउन्टको भरपुर फाइदा उठाउन सक्नेछन् ।
प्रतिक्रिया