काठमाडौँ - निओ मनि ट्रान्सफर र बेलायतको मनिटु लिमिटेडबीच रेमिट्यान्स् भुक्तानीका लागि सहकार्य भएको छ ।
सहकार्यसँगै अबदेखि बेलायतमा बसिरहेका नेपालीहरुले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । हाल बेलायतमा १ लाख ५० हजारभन्दा बढी नेपालीहरुको बसोबास रहेको बताइन्छ ।
जसअनुसार बेलायतमा रहेका नेपालीहरुले अब मनिटुको वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्नेछन् । बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी हुनेछ ।
साथै नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिने निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृतसागर खनालले बताए ।
प्रतिक्रिया