साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

आइतबार, ०२ भदौ २०८१, १७ : ३७

काठमाडौँ - आजदेखि शुरु भएको साफ यू-२० च्याम्पियनसिप  प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

नेपालको जितमा खेलको २४औँ मिनेटमा निराजन धामीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए बंगलादेश र श्रीलंकासँग रहेको छ । अब नेपालले समूह चरणको अर्को खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।


 

आइतबार, ०२ भदौ २०८१, १७ : ३७

प्रतिक्रिया