सहकारी संस्थाहरुलाई अद्यावधिक विवरण पेस गर्न काठमाडौँ महानगरको निर्देशन

सोमबार, ०३ भदौ २०८१, १६ : ५८

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालित सहकारी संस्थाहरुलाई आर्थिक वर्ष सम्पन्न भएको ३ महिनाभित्र अद्यावधिक विवरण पेस गर्न निर्देशन दिएको छ।

महानगरपालिकाले आइतबार सबै सहकारीका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । तोकिएका अध्यावधिक विवरण पेस गर्न महानगरपालिकाले निर्देशन दिएको छ।

महानगरपालिकाभित्र सञ्चालित सहकारीले कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन, वार्षिक कार्यकम नीति तथा योजना, खुद बचतसम्बन्धी नीति तथा योजना, सञ्चालकको नाम तथा बाँकी कार्यावधिको सूची, साधारणसभाको बैठकसम्बन्धी जानकारी, शेयर सदस्य संख्या, शेयरपुँजी र कुल बचत तथा कर्जाको विवरण पेस गर्नुपर्नेछ।

यसैगरी सञ्चालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम र बचत फिर्ता माग गर्ने बचतकर्ताहरुको विवरण पनि पेस गर्न महानगरपालिकाले निर्देशन दिएको छ।

सोमबार, ०३ भदौ २०८१, १६ : ५८

प्रतिक्रिया