साफ यू-२० च्याम्पियनसिपमा नेपाल पुगयो सेमिफाइनलमा

मंगलबार, ०४ भदौ २०८१, १७ : ३०

काठमाडौँ - साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूहको अन्तिम खेलअघि सेमिफाइनलमा पुगेको छ। 

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह ‘ए’ को खेलमा बंगालदेशले श्रीलंकालाई २-० गोलले पराजित गर्‍यो। यो नतिजासँगै समूह ‘ए’ बाट नेपाल र बंगलादेश अन्तिम चारमा पुगेका छन्। लगातार दुई खेलमा पराजित भएको श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ। 

यसअघि नेपालले आइतबार भएको उद्‌घाटन खेलमा श्रीलंकामाथि १-० गोलको जित निकालेको थियो। अब बिहीबार नेपाल र बंगलादेशबीचको खेलबाट समूह विजेताको टुंगो लाग्नेछ।प्रतियोगितामा समूह ‘बी’ को खेलमा भोलि बुधबार माल्दिभ्स र भुटानबीच खेल हुनेछ। यसअघि सोमबार भुटानमाथि भारतले १-० गोलको जित निकालेको थियो।
 

मंगलबार, ०४ भदौ २०८१, १७ : ३०

प्रतिक्रिया