काठमाडौँ - नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा नेपाली युवा टोलीले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो। समूह ए को अन्तिम खेलमा तीनै गोल पहिलो हाफमा भयो। पहिलो हाफको १५ औँ मिनेटमा नेपाली युवा टोलीले सुरुवाती अग्रता बनाएको थियो। निराजन धामीको गोलमा नेपालले अग्रता बनाएको थियो।
लगत्तै १६ औँ मिनेटमा समिर तामाङको गोलमा नेपालले अग्रता दोब्बर पार्यो। पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले १ गोल फर्कायो। इस्लामको गोलमा बंगलादेशले खेलमा २–१ को अवस्थामा ल्यायो। खेलमा नेपालले थुप्रै अवसरको सृजना गरेपनि फिनिसिङ लाइन भने कमजोर देखियो।
हारका बावजुत पनि बंगलादेश समूह उपविजेताको रुपमा अन्तिम चारमा पुगेको छ। समुह ए बाट दुई खेलमा पराजित भएको श्रीलंका भने समुह चरणबाटै बाहिरिसकेको छ। नेपालले अब सेमिफाइनलमा समुह बी को उपविजेता टोलीसँग खेल्नेछ। बंगलादेशले भने समुह ए को विजेतासँग खेल्नेछ।
प्रतिक्रिया