विभिन्न देशका मुद्राको विनिमय दर कति ?

सोमबार, १० भदौ २०८१, ०७ : ३७

काठमाडाैं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 

आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.९३ रुपियाँ र बिक्री १३४.५३ रुपियाँ तोकिएको छ । हिजो पनि सोही दरमा किनबेच भएको थियो । 

त्यस्तै, अघिल्लो दिन युरो १ को खरिद दर १४८.८३ रुपियाँ र बिक्री १४९.५० रुपियाँ रहेकामा आज भने खरिद १४९.८९ रुपियाँ र बिक्री १५०.५६ रुपियाँ तोकिएको छ । 

त्यस्तै जापानी येन १० को खरिद मूल्य ९.२८ रुपियाँ र बिक्री ९.३२ रुपियाँ छ । हिजो भने सो मुद्राको खरिद ९.१७ रुपियाँ र बिक्री ९.२१ थियो । 


आज अमेरिकी डलरसहित, साउदीरकतार रियाल, यूएई दिराम, मलेसियन रिंगिट तथा बहराइन दिनारको मूल्य आइतबारको तुलनामा स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ । 

सोमबार, १० भदौ २०८१, ०७ : ३७

प्रतिक्रिया