उपाधिका लागि फाइनलमा बंगलादेश र नेपाल  भिड्ने

सोमबार, १० भदौ २०८१, १७ : ४९

काठमाडौँ - डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलादेश साफ यु–२० च्याम्पियनसिपको फाइनल प्रवेश गर्न सफल भएको छ ।

सोमबार सातदोबाटोस्थित मैदानमा भएको खेलको छिनोफानो पेनाल्टी सुटआउटमा हुँदा बंगलादेशले भारतलाई ४(३ गोलले हराएको हो । यसअघि खेलको निर्धारित समय १(१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।

यससँगै यस संस्करणले नयाँ च्याम्पियन पाउने भएको छ। गत संस्करणमा भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो। उक्त हारको बदला पनि बंगलादेशले लिएको छ । अब बुधबार हुने उपाधि भिडन्तमा नेपाल र बंगलादेश भिड्ने भएका छन् ।
 

सोमबार, १० भदौ २०८१, १७ : ४९

प्रतिक्रिया