काठमाडौँ - Neo Money Transfer का ग्राहकले कोसेली एक्सप्रेस बाट नेपाल भरि उपहार पठाउँदा रु. ५०० छुट प्राप्त गर्ने भएका छन्।
सजिलो र भरपर्दो तरिका बाट नेपाल भरि उपहार पठाउनको लागि, नेपालको अग्रणी अनलाइन बाट उपहार पठाउने माध्यम कोसेली एक्सप्रेसले हालै Neo Money Transfer संग छुट दिने सम्झौता गरेको छ। यो संगै आज बाट मिति २०८१ पुस १६ गते सम्म लागु हुने गरि न्युनतम रु.२५०० बराबर को गिफ्ट पठाउँदा Neo Money Transfer का ग्राहकलाई छुट प्राप्त हुनेछ।
Neo Money Transfer, नेपालमा विप्रेषण भित्र्याउने अग्रणी संस्था हो, जुन विश्वसनीयता र उत्कृष्टताकाको रुपमा परिचित विप्रेषण कम्पनि हो। Neo Money Transfer र कोसेली एक्सप्रेस बीचको सहकार्य बाट अब Neo Money Transfer का ग्राहकले नेपाल भरि अनलाइन को माध्यम बाट केक, चकलेट लगायत उपहार पठाउँदा रु. ५०० छुट प्राप्त गर्ने छन्।
Neo Money Transfer संगको यस सहकार्यले विदेशमा रहेका भएको नेपाली दाजु भाई तथा दिदी बहिनिहरु लाई औपचारिक माध्यमबाट विप्रेषण पठाउन थप सहयोग मिल्नुका साथै नेपाली दाजु भाई तथा दिदी बहिनीहरु ले विभिन्न अवसरमा रेमिट संगै नेपाल भरि गिफ्ट पठाउदा भर पुर फाईदा लिने विश्वास कोसेली एक्सप्रेसकि संचालक सबिता आचार्यले व्यक्त गरीन । उनले www.koselixpress.com बाट केक, चकलेट, फलफुल लगायत विभिन्न उपहार पठाउँदा प्राप्त हुने यस छुट ले ग्राहकमा उत्साह ल्याउने पनि बताईन् ।
प्रतिक्रिया