पेरिस पाराओलम्पिकमा नेपाल क्वार्टरफाइनलमा प्रवेश

शुक्रबार, १४ भदौ २०८१, १८ : ०१

काठमाडौँ - जारी पेरिस पाराओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई पराजित गरेकी छन् ।

शुक्रबार भएको खेलमा उनले मोराल्सलाई ३१-० ले पराजित गरेकी हुन् । यो सँगै उनी क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । के- ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यस प्रतिस्पर्धामा अब पलेशाले ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेसको सामना गर्नेछिन् । यो खेल आजै केही बेरपछि हुँदै छ ।

शुक्रबार, १४ भदौ २०८१, १८ : ०१

प्रतिक्रिया