कति पुग्यो आजको विदेशी विनिमय दर ?

काठमाडाैं- नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित विभिन्न सात देशका मुद्राको सटही दर स्थिर रहेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.८९ रुपियाँ र बिक्री दर १३४.४९ रुपियाँ तोकिएको छ । हिजो पनि सोही दरमा किनबेच भएको थियो । 


त्यस्तै, अघिल्लो कारोबार दिनमा चिनियाँ युआन १ को खरिद १८.८८ रुपियाँ र बिक्री १८.९७ रुपियाँ रहेकामा राष्ट्र बैंकले आजलाई सोही दर यथावत् राखेको छ ।  त्यसैगरी, आइतबारको तुलनामा विनियम दर स्थिर हुनेमा साउदी रियाल, कतारी रियाल, यूएई दिराम, मलेसियन रिंगिट र हङकङ डलर रहेको छ । 

२ हप्ता अगाडि

प्रतिक्रिया