काठमाडाैं- नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच सम्झौता भएकाे छ । बैंक र बुद्ध एयर बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८ प्रतिशत सम्म छुट दिने सम्झौता भएको हाे। सम्झौतापत्रमा प्रमूख कार्यकारी अधिकृत राजेश कूमार पंडा र बुद्ध एयर प्रा. लि.का संचालक बजार प्रबन्धक रुपेश जोशीबीच हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा बैंकका सल्लाहकार, पिराज पंत, प्रमुख व्यवसाय प्रबर्धन रितेश अर्याल, प्रबिन मुनि बज्रचार्य लगायतको उपस्थिति रहेका थिए ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया