निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्जबिच सम्झौता

विहीबार, २० भदौ २०८१, १६ : ४६

काठमाडौँ - निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्ज बिच सम्झौता भएको छ । 

सम्झौतासँगै कुवेतमा बसिरहेका नेपालीहरुले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको हो । निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर रहेको कम्पनीको दाबी छ । वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरुको रोजाइको गन्तव्यमा अहिले कुवेत निकै आकर्षक गन्तव्य बनिरहेको छ ।

हाल कुवेतमा हजारौँ नेपालीहरु आफ्ना परिवारका लागि काम गर्ने क्रममा बसोबास गरिरहेका छन् । कुवेतमा रहेका नेपालीहरुले अब अलजमिल एक्सचेन्जको शाखाहरु बाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्नेछन् ।

बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी हुनेछ । साथै नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५ हजार भन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ ।

नयाँ सहकार्यबारे निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृतसागर खनालले भने, “हामी अब अलजमिल एक्सचेन्ज सँग नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित छौँ, मलाई आशा छ सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरहरूमा कष्ट अफ मुभिङ्ग फण्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनहरूलाई सहयोग गर्न विदेशिएका नेपाली प्रवासीहरुको भावनालाई कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।”

विहीबार, २० भदौ २०८१, १६ : ४६

प्रतिक्रिया