ब्ल्याक एन्ड डेकरको दसैँ-तिहार योजना सार्वजनिक

आइतबार, २३ भदौ २०८१, १४ : ०३

काठमाडौँ - अमेरिकन ब्रान्ड ब्ल्याक एन्ड डेकरले यो दसैँ-तिहार पर्वलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ नामक योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत ग्राहकहरूले ब्ल्याक एन्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्ने छन्। यस योजनामा स्योर सट उपहार स्वरूप ग्राहकहरूले ब्ल्याक एन्ड डेकरको ओएफआर हिटरको खरिदमा केटल प्राप्त गर्न सक्नेछन् भने एयर फ्रायर, माइक्रोवेभ ओभन, ओटीजी ओभन, ई-प्रेसर कुकर र भ्याक्युम क्लिनर लगायतका उपकरणहरूको खरिदमा कफी मग उपहार प्राप्त गर्न सक्नेछन् । 

साथै, एयर ह्युमिडिफायरको खरिदमा अरोमा किट उपहार प्राप्त गर्न सकिनेछ । ब्ल्याक एन्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ ।

ग्राहकहरूले यो योजनाको लाभ भदौ २३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरी उठाउन सक्ने कम्पनीले जनाएको छ । ब्ल्याक एन्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

आइतबार, २३ भदौ २०८१, १४ : ०३

प्रतिक्रिया