टीसीएलले ल्यायो चाडपर्व लक्षित अफर

आइतबार, २३ भदौ २०८१, १४ : १६

काठमाडौँ - इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले आउँदै गरेको दसैँ तिहार र छठपर्व सँगै आफ्नो नयाँ अभियान "Celebrate Greatness Together"  घोषणा गरेको छ। 

यस अभियानले ग्राहकहरूलाई उत्साहजनक क्यासब्याक र उपहारहरूका साथ आफ्नो घर मनोरञ्जनको अनुभव अपग्रेड गर्न अविश्वसनीय अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यो अभियानअनुसार टीसीएलले ग्राहकहरूलाई इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा रु. १ लाख ६३ हजार ५०० सम्मको क्यासब्याक प्रदान गर्नेछ। यो अभियानलाई अझ आकर्षक बनाउन प्रत्येक ग्राहकलाई निश्चित उपहार जित्न पाउने ग्यारेन्टी समेत दिएको कम्पनीको भनाइ छ । 

थप उत्साहका लागि टीसीएलले बम्पर अफर प्रस्तुत गरिरहेको जनाएको छ। जस अनुसार पाँच भाग्यशाली विजेताहरूले प्रतिष्ठित CMF Phone 1 by NOTHING  जित्ने मौका पाउने जानकारी दिइएको छ ।  नेपालमा टीसीएलको घरायसी उपकरणहरु चौधरी ग्रूप अन्तर्गत सि.जी. इलेक्ट्रोनिक्सले बिक्रि वितरण गर्दै आएको छ ।

आइतबार, २३ भदौ २०८१, १४ : १६

प्रतिक्रिया