काठमाडौं - काठमाडौँ जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले दोस्रो जित निकालेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा फुटबल क्लबलाई १(० गोल अन्तरले पराजित गर्दै वालिङले लगातार दोस्रो जित निकालेको हो ।
वालिङलाई जित दिलाउनका लागि एक मात्र निर्णायक गोल सिसि नानटोङ्गोले खेलको ३९ औं मिनेटमा गरेकी थिइन् । जितसँगै वालिङले दुई खेलबाट ६ अंक जोडेको छ ।
संकटा भने अङ्कविहीन छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया