दसैँमा बेको ब्रान्डका उपकरण खरिदमा ४१ हजारसम्म छुट

सोमबार, २४ भदौ २०८१, १७ : ४१

काठमाडौँ - युरोपेली प्रमुख घरायसी ब्रान्डमध्येको बेकोले ‘ब्रिङ होम ह्यापिनेस’ योजना सार्वजनिक गरेको छ । 

यो योजनाअन्तर्गत बेकोका घरायसी सामान खरिदमा ४१ हजार ४०० रुपैयाँसम्म छुट र खाली हात नजाने अफर छ । बेकोको वासिङ मेसिन खरिदमा ६ किलोग्राम डिटरजेन्ट, डिसवासरको खरिदमा फारेचुन टयावलेट, साइडबाइसाइड रेफ्रिजेरेटर र सिंगल डोर रेफ्रिजेरेटरको खरिदमा आर्कषक छुट मिल्ने कम्पनीले जनाएको छ ।

यस्तै, डबल डोर रेफ्रिजेरेटरको खरिदमा भ्याकुम फ्लास्क, फ्री स्टनिङ ओवेनकाखे खरिदमा प्रेसरकुकुर र एसीको खरिदमा निःशुल्क जडान सुविधा रहेको सीजीले जनाएको छ । विभिन्न १४० देशमा उपलब्ध बेको ब्रान्डका सामान नेपालमा चौधरी ग्रुप ९सीजी०ले आधिकारीक रूपमा बिक्री गर्दै आएको छ ।

सोमबार, २४ भदौ २०८१, १७ : ४१

प्रतिक्रिया