काठमाडौं - भारतीय घरायसी उपकरण ब्रान्ड क्रम्पटनको आधिकारिक विक्रेता सीजी इलेक्ट्रोनिक्सले दसैँ तिहार तथा छठलक्षित अफर योजना सार्वजनिक गरेको छ ।
कम्पनीले ‘आर्शीवाद ग्रहण, थाइल्यान्ड भ्रमण’ नामक योजना अन्तर्गत ग्राहकलाई क्रम्पटनका सामान खरिदमा विशेष अफर ल्याएको हो । करिब ८० वर्षका इतिहास रहेको क्रम्पटनले एकजना ग्राहकलाई बम्बर लक्की ड्रमार्फत थाइल्यान्डको भ्रमण गर्ने मौका दिने भएको छ ।
यस्तै, साप्ताहिक लक्की ड्रमार्फत प्रत्येक हप्ता विजेताले आठ हजार ५९० रुपैयाँ बराबरको एयर फ्रायर प्राप्त गर्ने कम्पनीले जनाएको छ । १५ दिनको लक्की ड्रमार्फत एक जनाले १० हजार ७९० रुपैयाँ बराबरको इलेक्ट्रिक प्रेसर कुकर जित्ने कम्पनीको भनाइ छ । नेपालमा क्रम्पटन ब्रान्डका पंखा, कुलर, हिटर, गिजर, मिक्सर ग्राइन्डर, प्रेसर कुकर र घरेलु उपकरण उपलब्ध छन् ।
प्रतिक्रिया