यस्तो छ विदेशी मुद्राको विनियम दर ?

काठमाडाैं -नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य बढेको छ भने चिनियाँ युआन र डेनिस क्रोनरको स्थिर रहेको छ  । 

यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.०७ रुपियाँ र बिक्री १३४.६७ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३४.०४ रुपियाँ र बिक्री १३४.६४ रुपियाँ थियो । त्यस्तै अघिल्लो कारोबार दिन युआन १ को खरिद मूल्य १८.८३ रुपियाँ र बिक्री १८.९२ रहेकामा आज पनि सोही दर कायम राखिएको छ । 

त्यसैगरी आज डेनिस क्रोनर १ बराबर ९९.८३ मा किन्न र १९.९२ मा बेच्न पाइन्छ । मंगलबार पनि यही दरमा कारोबार भएको थियो । 

३ हप्ता अगाडि

प्रतिक्रिया