काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनले बजारमा उपभोक्तालाई गुणस्तरीय सेवा दिनुपर्ने बताएका छन् । ‘बजारको मूल्यमा साल्ट ट्रेडिङ कर्पोरेसनले हस्तक्षेप गर्नुपर्छ’ बिहीबारसाल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ६२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री भण्डारीले सो बुार बताएका हुन ।
साथै मन्त्री भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनसँग सरकारको अलि धेरै अपेक्षा राखेको बताए। विभिन्न वस्तुमा हुने मूल्यको कार्टेलिङ र मूल्य वृद्धि रोक्नका लागि साल्ट ट्रेडिङ कर्पोरेसनले बजार विस्तार गर्नुपर्नेमा जोड दिए। ‘असहज परिस्थितिमा पनि साल्ट ट्रेडिङ कर्पोरेसनले वस्तुको उपलब्धता गराएको छ,’ मन्त्री भण्डारीले भने।
वार्षिकोत्सव कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सुपथ मूल्यमा गुणस्तरीय वस्तु बिक्री गर्दै आएको बताइन्। उनले कर्पोरेसन व्यावसायिक कारोबारका साथै सामाजिक सेवामा निरन्तर सक्रिय रहेको जानकारी दिइन्।
‘उपभोक्ताको घर दैलोमा सेवा दिएका छौं,’ उनले भनिन्, ‘सस्तोमा गुणस्तरीय वस्तु उपलब्ध गराउँदा सेवा पुगेको छ। कर्पोरेसनले उपभोक्तालाई नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तु बिक्री गर्दै आएको छ। कर्पोरेसनले आमजनता तथा समस्त उपभोक्ताको लागि अति आवश्यक वस्तु नुन लगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई सेवाको ६ दशकभन्दा बढी समय पूरा गरेको छ।
प्रतिक्रिया