काठमाडौँ- सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन करिब तयार भएको छ । तीन महिना अघि संसद्बाट गठन भएको समितिले प्रतिवेदन लेखन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ ।
आइतबार प्रतिवेदनलाई तयार गरेर समितिले भोलि (सोमबार)को प्रतिनिधि सभा बैठकमा पेस गर्ने तयारी गरेको हो । ‘आज सबै काम सकेर भोलिको संसद् बैठकमा प्रतिवेदन पेस गर्ने हाम्रो प्रयास हो । हामी प्रतिवेदनलाई अन्तिम रूप दिन लागिपरेका छौँ‚’ समिति एक सदस्यले भने ।
समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर)मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो । समितिले पूर्वगृहमन्त्री रवि लामिछानेको पनि बयान लिएको थियो ।
प्रतिक्रिया