काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति तथा पूर्व कानुमन्त्री धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएको मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)अनुसन्धान सुरु गरेको छ ।
उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको सीआईबीले जनाएको छ ।
सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले रु १२ करोड ५० लाख ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउन महिनामा उजुरी दर्ता गरेको जनाइएको छ । ठगीमा ज्योतिको नाम जोडिए पनि यसमा कांग्रेस उपसभापति धनराज पनि सहभागी रहेको आरोप छ । गुरुङले आफूहरूको सम्बन्धविच्छेद भइसकेकाले अन्य व्यक्तिसँगको अपराधमा जोड्न नहुने बताउँदै आएका छन् । यद्यपि, उनीहरूको सहकारी ठगीबाट बच्न उनले कागजी सम्बन्धविच्छेद मात्रै गरेको गुरुङमाथि छ ।
प्रतिक्रिया