कुन कुन निर्माण कम्पनी पर्दैछन् कालोसूचीमा ?

सोमबार, ३१ भदौ २०८१, ०८ : २७

काठमाडौँ – विभिन्न कारणले कालोसूचिमा पर्ने क्रम बढिरहेको बेला सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । 

यसअघि लिखित स्पष्टीकरण पेस गर्न ३० दिनको समय दिएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस नभएपछि कालोसूचिमा राख्ने तयारी भएको सोमबार प्रकाशित सूचनामा उल्लेख छ । 

 कार्यालयले आजको दिनदेखि सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पुनः समय दिएको छ । सो समयभित्र पनि लिखित स्पष्टीकरण पेस नभएमा कार्यालयले विधिवत् रूपमा कालोसूचीमा राख्ने निर्णय गर्ने जनाइएको छ ।

kalo

 

सोमबार, ३१ भदौ २०८१, ०८ : २७

प्रतिक्रिया