भायानेटले गर्‍यो ‘महा महोत्सव’ अफर सार्वजनिक

विहीबार, ०३ असोज २०८१, १२ : २३

काठमाडौं - इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा ‘भायानेट महा महोत्सव’ अफर सार्वजनिक गरेको छ । 

ग्राहकहरूका लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याउँदै आफ्नो अफरलाई थप आकर्षक बनाएको भायानेटले जनाएको छ । अफर अन्तर्गत ग्राहकले ८,९९० रुपैयाँमा १२५ एमबिपिएस को सट्टा २०० एमबिपिएस स्पिड प्राप्त गर्न सक्नेछन्। 

अहिले १२५ एमबिपिएस सब्स्क्राइब गर्ने आफ्ना वार्षिक ग्राहकलाई २०० एमबिपिएसमा अपग्रेड गरिसकेको कम्पनीले जनाएको छ ।साथै भायानेटले ग्राहकको घरभरी वाइफाइ कभरेज बढाउन जेडटिईको ‘मेस वाइफाई’ मा अफर ल्याएको छ। 

ग्राहकहरूले ‘मेस वाइफाई राउटर’मा दुईवटा सेटलाई एउटाको मूल्यमा पाउनेछन् । जसका लागि रु। ३००० ९भ्याटसहित० अतिरिक्त तिर्नुपर्नेछ । मेस अफर भायानेटका २०० एमबिपिएस वा माथिका वार्षिक ग्राहकलाई मात्र सीमित रहेको छ ।

यसका साथै भायानेटका तीन महिनाभन्दा माथि नवीकरण अथवा नयाँ जडान गर्ने ग्राहकले ग्लोबल नम्बर २ टिभी ब्रान्ड, हाइसेन्सको टिभी, फ्रिज, वासिङ मसिन जस्ता इलेक्ट्रोनिक्सहरूमा २८ प्रतिशत सम्मको छुट पनि पाउनेछन् ।


 

विहीबार, ०३ असोज २०८१, १२ : २३

प्रतिक्रिया