दशैँको अवसरमा नेपाल पे इन्स्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्सफर सुविधा

शनिबार, ०५ असोज २०८१, १३ : ०९

काठमाडौं - बडा दशैँलाई लक्षित तथा डिजिटल कारोबारलाई प्रबर्द्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपाल पे इन्स्ट्यान्टको फण्ड ट्रान्स्फर निःशुल्क गरिएको छ ।

अब नेपालपे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग ग्राहकहरु तथा कनेक्ट आईपीएस प्रयोगकर्ताहरूले असोज ३० गतेसम्मका लागि नेपालपे इन्स्ट्यान्ट मार्फत बिना शुल्क २६ वटा बैंक तथा वित्तीय संस्थाहरुमा फण्ड ट्रान्स्फर गर्न सक्नेछन् ।

नेपाल पे इन्स्ट्यान्ट एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो जसमा लाभग्राहीको Virtual Private Address (VPA)को आधारमा फण्ड ट्रान्स्फर गर्न सकिन्छ जुन लाभग्राहीको मोबाइल नम्बर रहेको छ ।

हाल नेपाल पे इन्स्ट्यान्टको सुविधा कनेक्ट आईपीएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ्ग एपहरुमा उपलब्ध छ ।


 

शनिबार, ०५ असोज २०८१, १३ : ०९

प्रतिक्रिया