मधेस प्रदेशमा बनेको गल्फ मैदानको उद्‌घाटन

शनिबार, ०५ असोज २०८१, १७ : १६

काठमाडौँ - मधेस प्रदेशमा नेपाली सेनाले बनाएको गल्फ मैदान तयार भएको छ ।

बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा निर्मित मैदानको प्रधानसेनापति अशोकराज सिग्देलले शनिबार आयोजित एक कार्यक्रममा उद्‌घाटन गरे। त्यस अवसरमा आयोजित गैरव्यावसायिक प्रतियोगितामा ७० जनाले प्रतिस्पर्धा गरेका थिए । 

उद्‌घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँसहित उच्च पदस्थ अधिकारीको सहभागिता थियो ।  प्रतियोगिताका विजयी खेलाडीलाई मुख्यमन्त्री सिंह, मन्त्री मियाँ र प्रधानसेनापति सिग्देलले पदक प्रदान गरेका थिए ।


 

शनिबार, ०५ असोज २०८१, १७ : १६

प्रतिक्रिया