काठमाडौँ - उद्घाटन सत्रको सफलतापछि बिजनेस थ्रीसिक्स्टी र क्याटालिस्टले व्यापार व्यवसायसँग सम्बन्धित समसामयिक विषयवस्तुहरूलाई खोतल्न समर्पित आफ्नो त्रैमासिक पहल “लर्निङ कर्भ”को दोस्रो सत्रको घोषणा गरेका छन्।
आगामी असोज ११ गतेका लागि आफ्नो व्यस्ततालाई थाँती राख्नुहोस् किनकि लर्निंग कर्भले आकर्षक विषयवस्तुः “æPR इन द एज अफ AI एण्ड एथिकल AI” मा एक विचारोत्तेजक सत्रको संचालन गर्दै छ। लर्निङ कर्भको दोस्रो सेसनलाई ग्लोबल आइएमई बैंकले मुख्य प्रायोजन गरेको छ र सेन्ट्रल डिपार्ट्मेन्ट अफ जर्नलिजम एन्ड मास कम्युनिकेसन्, त्रिवि, नलेज पार्ट्नर रहेको छ ।
व्यवसायिक विकासको दर्शनलाई अँगालेको लर्निङ कर्भले गहन छलफल, विशेषज्ञका अन्तर्दृष्टि र उद्योगी व्यवसायीहरूलाई सहयोगी हुने सिकाइको प्लेटफर्म निरन्तर रूपमा प्रदान गर्छ। हाम्रो उद्देश्य भनेको चुनौतीहरूको पहिचान गर्ने र नयाँ सीप र ज्ञान मार्फत् प्राप्त उपलब्धिहरूलाई प्रयोग गर्दै सधैं विकसित भइरहने व्यवसायिक परिदृश्यमा अटाउन सक्ने क्षमतालाई बढाउनु हो।
यस सत्रका अपेक्षाहरू
* विचारोत्तेजक अन्तर्दृष्टिहरूः उद्योग व्यवसायमा आबद्ध अग्रणी व्यक्तित्वहरूले कसरी AI ले पब्लिक रिलेसनलाई रूपान्तरण गर्दैछ र यो परिवर्तनसँगै आउन सक्ने नैतिक चुनौतिहरू के के हुन् भन्ने बारेमा आफ्ना ज्ञान र अनुभवहरू साझा गर्नेछन्।
* कार्यशाला र केस स्टडीहरूः ह्यान्ड्स–अन कार्यशालाहरूमा भाग लिई रियल–वर्ल्ड केस स्टडीहरूको समीक्षा गर्न सकिनेछ जसले सफलता र सिकाईहरूमा प्रकाश पार्दै }{ PR अभियानहरूमा AI को सफल कार्यान्वयनलाई चित्रण गर्नेछ।
* नेटवर्किङको अवसरः एउटै पेशामा आबद्ध सहकर्मीहरूसँग जोडिन, आफ्ना विचारहरू साझा गर्न र सम्बन्धहरू विस्तार गर्न सकिनेछ जसले द्रुत गतिमा परिवर्तन भइरहेको यस उद्योगमा तपाईंको करिअरलाई अगाडि बढाउन सक्छ।
लर्निङ कर्भको दोस्रो सेसनलाई एडफ्याक्टर्स पीआर लंकाका समूह प्रमुख, श्री छन्ना फर्नान्डोपुलेले, सन्चालन गर्नेछन्। आउँदो असोज ११ गते एउटा उपयोगी अवसरका लागि हामीसँगै जोडिनुहोस्। यसले पब्लिक रिलेसनमा AI प्रतिको तपाईंको बुझाइ र प्रयोगलाई बढाउने निश्चित छ।
क्याटलिष्टको बारेमा
क्याटलिष्ट एक अग्रगामी ब्रान्डिङ र मार्केटिङ फर्म हो जसले विभिन्न क्षेत्रका व्यवसायहरूलाई रणनीतिक सपोर्ट प्रदान गर्दछ। क्याटलिष्ट वैज्ञानिक दृष्टिकोण र डाटा–ड्रिभन इनसाइट्स मार्फत् आफ्ना ग्राहकहरूका लागि विकास र सफलतालाई उत्प्रेरित गर्न समर्पित छ। ब्रान्डिङ, मार्केटिङ, डिजिटल स्ट्राटेजी र मार्केट रिसर्चमा विशेषज्ञता भएका अनुभवी प्रोफेसनलहरूको टोलीका साथ क्याटलिष्टले लक्षित दर्शकहरूसँग प्रतिध्वनित हुने र प्रत्येक ग्राहकको अद्वितीय आवश्यकता अनुरूपका ठोस नतिजा दिनेगरी विस्तृत रणनैतिक समाधानहरू प्रदान गर्दछ।
प्रतिक्रिया