विदेशी मुद्राको विनिमय दरमा कति आयो उत्तार चढाब?

शुक्रबार, ११ असोज २०८१, ०६ : ४६

काठमाडाै- नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकी, अस्ट्रेलियन र हङकङ डलरको सटही दर बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.५४ रुपियाँ र बिक्री मूल्य १३४.१४ रुपियाँ तोकिएको छ । हिजो भने खरिद  १३३.४६ रुपियाँ र बिक्री १३४.०६ रुपियाँ थियो । 

त्यस्तै, बिहीबार खरिद ९१.७२ रुपियाँ र बिक्री ९२.१३ रुपियाँ रहेको अस्ट्रेलियन डलर १ बराबर आज खरिद दर ९१.९१ रुपियाँ र बिक्री दर ९२.३२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

साथै, शुक्रबारका लागि हङकङ डलर १ को खरिद दर १७.१६ रुपियाँ र बिक्री दर १७.२४ रुपियाँ तोकिएकामा अघिल्लो कारोबार दिनमा भने १७.१४ रुपियाँमा किन्न र १७.२२ रुपियाँमा  पाइने छ ।

शुक्रबार, ११ असोज २०८१, ०६ : ४६

प्रतिक्रिया