पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घट्यो, अब प्रतिलिटर कति पर्छ ?

मंगलबार, १५ असोज २०८१, ०६ : ४१

काठमाडौँ- नेपाल आयल निगमनले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।

गएराति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिक.५० रुपैयाँ र डिजेलको मूल्य १४४.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ र डिजेलको मूल्य १४६ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ र डिजेलको मूल्य १४७ रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्य भारतबाट नेपाली ४१ बढेर आए पनि चाडपर्वलाई लक्षितगरी यथावत राखिएको निगमले जनाएको छ । 

मंगलबार, १५ असोज २०८१, ०६ : ४१

प्रतिक्रिया