रियलमीको ०% ईएमआई अफर सार्वजनिक

शनिबार, १९ असोज २०८१, ११ : ५५

काठमाडौँ - सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले ०% ईएमआई योजना ल्याएको छ ।

आफ्ना नेपाली ग्राहकहरूलाई सुपथ मुल्यमा अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ रियलमीले आफ्ना स्मार्टफोनहरूमा विशेष फाइनान्सिङ अफर ल्याएको हो । यस अफर अन्तर्गत रियलमीका फोनहरुमा ०% ब्याज दरमा १२ महिनासम्मको  ईएमआई उपलब्ध रहेको छ ।

रियलमीको हेड अफ स्ट्राटेजी मुनिश गिरीले भन्नुभयो, “हाम्रो उद्देश्य भनेको आफ्ना ग्राहकहरूमा सुपथ मुल्यमा अत्याधुनिक प्रविधिको पहँुच पु¥याउने हो । शून्य ब्याजको यो नयाँ ईएमआई योजनाले हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरका स्मार्टफोनहरू किन्न सजिलो बनाउनेमा हामी ढुक्क छौं । हामीलाई विश्वास छ कि दशैं तथा तिहारको यो माहोलमा यस अफरले अझै रौनक थप्नेछ ।”

यो अफर घटस्थापना देखि नेपालभरका आधिकारिक रियलमी डिलरहरूमा लागु भएको छ । यस अफर अन्तर्गत रियलमीका २० हजार भन्दा माथिका फोनहरुमा ४०% डाउन पेमेन्टमा ०% ब्याज दरमा १२ महिनासम्मको ईएमआई उपलब्ध रहेको छ ।
 

शनिबार, १९ असोज २०८१, ११ : ५५

प्रतिक्रिया