एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को सेमिफाइनलमा नेपाल पराजित

शनिबार, १९ असोज २०८१, १२ : १४

काठमाडौँ - घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को च्यालेन्ज सेमिफाइनलमा पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार बिहान भएको खेलमा पुरुष टोली कतारसँग ३३–० को स्कोरमा पराजित भएको हो । नेपाल समूहचरणका तीनवटै खेलमा पराजित भएको थियो । नेपालले अब तेस्रो च्यालेन्जमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

यसैगरी आज भएको अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६–१० को स्कोरमा पराजित गरेको छ । फिलिपिन्सले भने बहराइनलाई १९–१४ ले पराजित गरेको छ ।
 

शनिबार, १९ असोज २०८१, १२ : १४

प्रतिक्रिया