काठमाडाैं- आज अमेरिकी डलरको भाउ केही घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज असोज २२ गते मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ०५ पैसा कायम भएको छ ।
यसअघि मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ६७ पैसा र खरिददर १३४ रुपैयाँ ०७ पैसा कायम भएको थियो । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४७ रुपैयाँ ८७ पैसा रहेको छ भने खरिददर १४७ रुपैयाँ २१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७६ रुपैयाँ ३० पैसा खरिददर १७५ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येनको बिक्रीदर ९ रुपैयाँ १० पैसा र खरिददर ९ रुपैयाँ ०६ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ २७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७१ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया