एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि घटायो ब्याजदर

बुधबार, ३० असोज २०८१, ०८ : १७

काठमाडाैं-  एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ ।  बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो ।

बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.९९ र संस्थागतर्फ ५.९९ प्रतिशत ब्याजदर दिनेछ । बैंकले यसअघि असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत ब्याज दिएको थियो । 

त्यस्तै, बैंकले कात्तिकका लागि साधारण बचत खातामा न्यूनतम ३.२७ प्रतिशतदेखि ५.२७ प्रतिशत ब्याजदर तोकेको छ ।

बुधबार, ३० असोज २०८१, ०८ : १७

प्रतिक्रिया