विदेशी मुद्राको विनिमय दर कति पुग्यो ?

विहीबार, ०१ कार्तिक २०८१, ०७ : १२

काठमाडाैं-  नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङलगायतको भाउ घटेको छ । 

आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.१० रुपियाँ र बिक्री मूल्य १३४.७० रुपियाँ छ । हिजो भने खरिद १३४।१७ रुपियाँ र बिक्री १३४.७७ रुपियाँ थियो । त्यस्तै, अघिल्लो दिन युरो १ को  खरिद दर १४६.२४ रुपियाँ र बिक्री दर १४६.८९ रुपियाँ रहेकामा यसदिन खरिद १४६.१० रुपियाँ र बिक्री १४६.७० रुपियाँ तोकिएको छ । 

त्यसैगरी बिहीबार पाउन्ड १ बराबर १७४.५२ रुपियाँमा किन्न र १७.३१ मा बिक्री गर्न पाइन्छ । बुधबार भने खरिद १७५.५० रुपियाँ र बिक्री १७६.२९ रुपियाँ कायम थियो । 

विहीबार, ०१ कार्तिक २०८१, ०७ : १२

प्रतिक्रिया