काठमाडौँ - टी–२० आई सिरिजमा नेपालले अमेरिकालाई पराजित गरेको छ । डालसस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपाल १७ रनले विजयी भएको हो ।
एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रनमा समेटिएको थियो । टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको खेलमा अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । अमेरिकालाई निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै नेपालले १ सय ६५ रनको चुनौती दिएको थियो ।
अमेरिका २० ओभरमा ७ विकेट गुमाएर १४७ रनमा सीमित भएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए भने नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४९ रन बनाएका छन् ।
ऐरीले २८, आसिफ सेख र अनिल शाहले समान २७, २७ रन बनाएका हुन् । त्यस्तै गुल्शन झाले ११, कुशल भर्तेल १० रन र सोमपाल कामीले २ रन बनाए । दोस्रो खेल पर्सि बिहान र तेस्रो तथा अन्तिम खेल सोमबार बिहान हुनेछ ।
प्रतिक्रिया