सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

शुक्रबार, ०२ कार्तिक २०८१, १५ : २१

काठमाडौँ - अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

क्रिकेट वर्ल्डकप लिग टू सिरिजका लागि उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ ९क्यान०ले जानकारी दिएको छ ।नेपालले अमेरिकाबीच तीन खेलको टी(२० शृंखला आज शुक्रबारदेखि सुरू भएको थियो ।

पहिलो खेल नेपालले जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग(२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।यस अघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी(२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् ।
 

शुक्रबार, ०२ कार्तिक २०८१, १५ : २१

प्रतिक्रिया