महिला टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्ने

शनिबार, ०३ कार्तिक २०८१, १३ : ०७

काठमाडौँ - आइसीसी महिला टी- २० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्ने भएका छन् ।

न्युजिल्याण्डले वेस्ट इण्डिजलाई दोस्रो सेमिफाइनलमा ८ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । न्युजिल्याण्ड २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।

त्यस्तै दक्षिण अफ्रीकाको फाइनलको यात्रा पनि रोमाञ्चक रहेको छ । ६ पटकको विश्व च्याम्पियन अस्ट्रेलियालाई सेमिफाइनलमा पराजित गर्दै दक्षिण अफ्रिका लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । 

२०२३ को विश्वकपमा फाइनलमा अस्ट्रेलियासँग नै पराजित भएको दक्षिण अफ्रीकाले त्यसको बदला लिदै यस पटक भने अस्ट्रेलियालाई बाहिर गर्दै फाइनल खेल्दै छ । यस पटकको महिला टी-२० विश्वकपले नयाँ विजेता पाउने निश्चित भएको छ ।

यस अघि सम्पन्न ८ विश्वकप मध्ये अस्ट्रेलियाले ६ तथा वेस्ट इन्डिज र इङल्याण्डले एक एक पटक जितेका छन् ।  अब फाइनल खेल आइतबार दुबईमा नेपाली समय अनुसार राती ७:४५ बजेदेखि शुरु हुने छ ।  


 

शनिबार, ०३ कार्तिक २०८१, १३ : ०७

प्रतिक्रिया