सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो टी-२० आई सिरिज

आइतबार, ०४ कार्तिक २०८१, ०९ : ४८

काठमाडौं । नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ ।

दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो ।

यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

आइतबार, ०४ कार्तिक २०८१, ०९ : ४८

प्रतिक्रिया