काठमाडौं– इङ्गल्यान्डका प्रतिभाशाली ब्याट्सम्यान र विकेटकिपर टम मोर्स लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । सन् २०१६ देखि फस्ट क्लास ए लिस्टमा आफ्नो प्रभावशाली प्रदर्शन देखाउँदै आएका उनी यही मङ्सिर १५ बाट हुन गईरहेको नेपाल प्रिमियर लिगको लागि क्लबमा अनुबन्धित भएका हुन् । २८ वर्षीय मोर्सले सन् २०२३ देखी टी–२० क्रिकेटमा आफ्नो क्षमता प्रदर्शन गर्दै आएका छन् ।
मोर्स काउन्टी, बिपिएल, एलपिएल, पिएस्एल लगायत विभिन्न लिगहरु खेलिरहेका उत्कृष्ट लयमा रहेका विकेटकिपर तथा ब्याट्सम्यान हुन् । १२८ वटा विभिन्न फ्रेन्चाइजी टी–२० खेलिसकेका उनले २३.३४ औसतमा २३२१ रन हानेका छन् । उनको ८० रनको अविजित उच्च स्कोर रहेको छ ।
फस्र्ट क्लास क्रिकेटमा ७८ खेल खेलेका उनले १२३ इनिङमा ७ पटक ब्याटिङ गर्दै अविजित २६८१ रन बनाएका छन् । त्यस्तै १०६ को सर्वाधिक स्कोर बनाएका उनले लामो इनिङ खेल्न सक्ने पनि आफ्नो क्षमतालाई पनि सावित गरेसकेका छन् । कुल ५२४५ बलमा उनको औसत ब्याटिङ २३.१ रहेको छ । अहिलेसम्मको आफ्नो करिअरमा २ शतक र ८ अर्धशतक बनाएका मोर्सले ३८५ चौका र ३९ छक्का प्रहार गरेका छन् ।
“उनको आगमनले टिमको ब्यालेन्स अझ मजबुत भएर हामीलाई आफ्नो लक्ष्यमा पुग्न सहज हुनेछ,” लुम्बिनी लायन्सका कन्सल्ट्यान्ट कोच शक्ति गौचनले भन्नुभयो ।
त्यस्तै क्लबका मालिक इश्वर जिसीले भन्नुभयो, “हामी यसै गरी हाम्रो क्लबमा आवश्यक अन्तरर्राष्ट्रिय प्रतिभाहरु घोषणा गर्दै जानेछौँ । राष्ट्रिय र अन्तरर्राष्ट्रिय प्रतिभाहरुलाई क्लबमा सामेल गराएर हामी उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई शिखरमा पुर्याउने छौं र समस्त लुम्बिनीबासीहरुलाई गौरवान्वित बनाउने छौँ ।”
प्रतिक्रिया