काठमाडौं– साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह बी मा रहेको घरेलु टोली नेपालले श्रीलंकासँग खेल्नेछ भने भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलपछि सेमिफाइनल समिकरण पनि तय हुनेछ ।
समूह बी बाट आयोजक नेपालसहित भुटान र श्रीलंका सेमिफाइनल पुग्ने होडमा छन् भने लगातार दुई खेल हारिसकेको माल्दिभ्स समूह चरणबाटै बाहिरिसकेको छ ।
नेपाल र भुटान यस समूहमा अपराजित छन् र दुवैको समान ४ अंक छ । गोलअन्तरमा नेपाल अघि छ । पहिलो खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेलेका थिए । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ११(० ले हरायो भने भुटानले श्रीलंकालाई ४(१ ले पराजित गर्यो ।
प्रतिक्रिया