पुनर्बीमा कम्पनीको संचालक समितिका अध्यक्ष ढुंगानाले लिए शपथ

विहीबार, ०८ कार्तिक २०८१, १३ : २९

काठमाडौं- नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष देवराज ढुंगानालाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा लगायत पदाधिकारीहरू उपस्थित थिए।
 

विहीबार, ०८ कार्तिक २०८१, १३ : २९

प्रतिक्रिया