कति पुग्यो अमेरकी डलरको भाउ ?

शुक्रबार, ०९ कार्तिक २०८१, ०५ : १४

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

राष्ट्र बैंकका अनुसार आज अमेरकी डलर एकको खरिददर १३४ रुपैइाँ २३ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा तोकिएको छ । त्यस्तै, युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ५५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको मूल्य खरिद दर १७४ रुपैयाँ १३ पैसा र बिक्री दर १७४ रुपैयाँ ९१ पैसा तोकिएको छ । 

आज अष्ट्रेलियन डर एकको खरिद दर ८९ रुपैयाँ ३३ पैसा र बिक्री दर ८९ रुपैयाँ ७३ पैसा रहेको छ । 

शुक्रबार, ०९ कार्तिक २०८१, ०५ : १४

प्रतिक्रिया