डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिर्ने व्यापारीका घरको लाइन समेत काट्ने तयारी

शुक्रबार, ०९ कार्तिक २०८१, १२ : २०

काठमाडौं- विद्युतको बक्यौता नतिर्ने व्यवसायीका उद्योगको लाइन काटेको नेपाल विद्युत प्राधिकरणले व्यवसायीको आवासको लाइन समेत काट्ने तयारी गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिरेका व्यवसायीको घरको लाइन समेत काटिने जानकारी दिएका छन्।

बिहीबार बक्यौता तिर्न बाँकी रहेका ४३ उद्योगको लाइन काटेपछि घिसिङले अब व्यापारीको आवासीय भवनको समेत लाइन काटिने चेतावनी दिएका हुन्।

उनले सरकारले मिनाहा गर्ने निर्णय नगरेसम्म प्राधिकरणले बक्यौता छुट गर्न नसकिने भन्दै विद्युतको बक्यौता तिर्न समेत सबै उद्योगीहरुलाई आग्रह गरेका छन्।

शुक्रबार, ०९ कार्तिक २०८१, १२ : २०

प्रतिक्रिया