यी हुन् डेडिकेटेड र ट्रंकलाइन महशुल नतिर्ने ४३ उद्योग, कसले कति बक्यौता तिर्न बाँकी? (सूचीसहित)

शुक्रबार, ०९ कार्तिक २०८१, १३ : ५८

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिर्ने ४३ उद्योगको लाइन काटेको छ। 

विद्युत प्राधिकरणले सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, भलवारी स्वचालित कारखाना, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एण्ड स्टिल, श्याम प्लास्टिक उद्योगलगायत कारखानाको विद्युत काटिदिएको हो।

गत असोज २४ गते प्राधिकरणले सूचना प्रकाशित गरेर ४९ उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो।

सबैभन्दा बढी बक्यौता तिर्न बाँकी जगदम्बा स्टिलको रहेको छ । जगदम्बाको दुई अर्ब ९२ करोड बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। 

यी हुन् डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्न बाँकी अन्य उद्योगहरु

१) दरबार नेपाल प्रालि- ९ करोड ६७ लाख 
२) कसमस सिमेण्ट फ्याक्ट्री- २५ करोड ८१ लाख 
३) घोराही सिमेण्ट प्रालि-  १ अर्ब ६८ लाख 
४) सम्राट सिमेण्ट प्रालि-  १७ करोड ९० लाख
५) रिलायन्स स्पिनिङ-  १ अर्ब ५० करोड 
६) शिवम् सिमेण्ट-   १ अर्ब ५५ करोड १४ लाख 
७) शुभश्री अग्नि सिमेण्ट-   २१ करोड ५३ लाख 
८) रघुपति जुट मिल-  १९ करोड ७ लाख 
९) हिमाल आइरन एण्ड स्टिल- ९ करोड ७४ लाख 
१०) नारायणी स्पात प्रालि-  ३२ करोड १९ लाख
११) अशोक स्टिल- ३८ करोड १६ लाख
१२) जगदम्बा स्टिल-   २ अर्ब ९२ करोड १० लाख 
१३) हुलास स्टिल-   २५ करोड ८० लाख 
१४) सूर्य नेपाल-   ६ करोड ८३ लाख 
१५)मारुती सिमेण्ट-  १ अर्ब ५ करोड ८८ लाख 
१६) सोनापुर मिनरल एण्ड आयल-    ५४ करोड १२ लाख
१७) अर्घाखाँची सिमेण्ट-  ९७ करोड ३२ लाख 
१८)विशाल सिमेण्ट- ५ करोड ४७ लाख 
१९) बाबा जुट मिल- ५ करोड १३ लाख 
२०) अरिहन्त मल्टिफाइबर- ११ करोड ३३ लाख 
२१) अरिहन्त पोलिप्याक- ६ करोड १० लाख 
२२) जगदम्बा सिन्टेथिक्स-   ३८ करोड १७ लाख  
२३) यशोदा फुड्स प्रालि-   १ करोड ५३ लाख 
२४) सोना पोलिमर्स इण्डस्ट्रिज- १ करोड ३३ लाख 
२५) श्री शुभलक्ष्मी पोलिमस- १ करोड १२ लाख 
२६) श्री एसआर इण्डस्ट्रिज प्रालि- २ करोड ५४ लाख 
२७) एभरेष्ट रोलिङ मिल- २ करोड ९८ लाख 
२८) फेरो स्टिल प्रालि-  १ करोड ४० लाख 
२९) एस आर इण्डस्ट्रिज- प्रालि २ करोड ५४ लाख 
३०) श्री सोना इण्डस्ट्रिज-  १ करोड ३४ लाख 
३१) पञ्चकन्या प्लाष्टिक इण्डस्ट्रिज-  ९ करोड ६ लाख 
३२) पञ्चकन्या स्टिल इण्डस्ट्रिज-  १२ करोड १९ लाख 
३३) बुटवल सिमेण्ट- २८ करोड ८३ लाख 
३४) सर्वोत्तम सिमेण्ट- ४३ करोड ९५ लाख 
३५) लक्ष्मी स्टिल-  ४४ करोड ६१ लाख 
३६) निगाले सिमेण्ट-  १२ करोड २९ लाख 
३७) युनाइटेड सिमेण्ट-   १७ करोड ४५ लाख 
३८) रोल्पा सिमेण्ट- ४ करोड ३१ लाख 
३९) सिदी लक्ष्मी-    २ करोड ५९ लाख
४०)एभरेष्ट पेपर मिल- १९ करोड ११ लाख 
४१) जय दुर्गा प्लाष्टिक इण्डस्ट्रिज- २३ लाख
४२)नेशनल रबर इण्डस्ट्रिज- १० लाख ७५ हजार 
४३) एजी हेल्थ इण्डस्ट्रिज- ३७ लाख ८ हजार 

 

शुक्रबार, ०९ कार्तिक २०८१, १३ : ५८

प्रतिक्रिया