काठमाण्डौं- नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका लागि लोकप्रिय फ्री कलिङ तथा मेसेजिङ एप राकुटेन
भाइबरसँग सम्झौता गरेको छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी र व्यवसाय विकास प्रबन्धक र राकुटेन भाइबरका लागि नेपालका देश प्रतिनिधि क्षितु रिसालले बुधबार यो सहयोगका विषयमा सम्झौता गरेका थिए।
बोर्डको आधिकारिक भाइबर प्लेटफर्मः ल्भउबल्यिध दथ ल्त्द्य, अन्र्तगत पर्यटन उद्योग, देशकापर्यटक र आम जनता र विश्वभरका नेपालीहरू बीच दैनिक सञ्चार र पर्यटन अद्यावधिकहरू सहित पर्यटन जानकारीको प्रसारको लागि सहयोगी हुने अपेक्षा गरिएको छ ।
यस च्यानललाई नेपालको विभिन्न भागमा रहेका पर्यटकीय गन्तव्य, नयाँ उत्पादन, प्याकेज, गतिविधि र अनुभवका बारेमा नवीनतम समाचार
र अपडेटहरू आदान प्रदान गर्न पनि प्रयोग गरिनेछ । साझेदारीको अवधिमा प्रवर्द्धन अभियान र स्टिकर
प्याकहरू पनि सञ्चालन गरिनेछ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख जोशीले भाइबरसँगको सहकायले नेपालको पर्यटन प्रवद्र्धन हुनेमा आशावादी रहेको बताए।
“भाइबर धेरै लोकप्रिय प्लेटफर्म हो। यसले नेपाललाई गन्तव्यको रूपमा अझ बढि ब्रान्ड भिजिबिलिटी बनाउनुका साथै हाम्रा उत्पादन र अनुभवहरूलाई विविधीकरण गर्न
मद्दत गर्नेछ भन्नेमा हामी सकारात्मक छौं । हामी पूरक र क्रस कटिङ सञ्चारका लागि ट्राभल ब्लगरहरू,सामग्री सिर्जनाकर्ताहरू, टुर अपरेटरहरू र यात्रुहरूको साथ एक गतिशील समूह सिर्जना गर्ने योजनामाछौं । डिजिटल एक्सचेन्ज र एआईको यो युगमा, हामीले हाम्रा दर्शकहरूलाई थप आकर्षक र व्यक्तिगत
रूपमा पुग्न त्यस्ता लोकप्रिय च्यानलहरूको प्रयोग गर्नु महत्तवपूर्ण हुनेछ उहाँले भन्नुभयो । ”
एपीएसी, राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड त्सेले राकुटेन भाइबर विगत केही वर्षदेखि नेपालको
पर्यटन उद्योगलाई सहयोग गर्न प्रतिबद्ध रहको बताए। “नेपाल पर्यटन बोडसँगको साझेदारीले नेपाललाई घुम्नैपर्ने गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धतामा एउटा महत्वपूर्ण कोसेढुङ्गा हो”,उनले भने।
उनले आफ्नो प्लेटफर्म मार्फत देशको आश्चर्यजनक परिदृश्य र अद्वितीय अनुभवहरू प्रदर्शन गर्ने लक्ष्य राख्ने धारणा राखे। राकुटेन भाइबर नेपाली उपभोक्ताहरु माझ सबैभन्दा रुचाइएको सञ्चार एप हो र हालै विगत छ महिनामा नेपालका छ वटा बिभिन्न सरकारी निकायहरु संग साझेदारी गरेको छ ।
प्रतिक्रिया